Nepal Face
  • शुक्रबार, २६ भाद्र २०८३
  • बल्खु क्षेत्रको सुकुमबासी बस्तीमा पनि चल्यो डोजर 


    शुक्रबार, बैशाख १८ २०८३
    170
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सरकारले दोस्रो चरणअन्तर्गत काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमबासीमा डोजर चलाउन थालेको छ ।

    अहिले बागमती करिडोर अन्तर्गत बल्खुमा घरटहरा भत्काउन थालिएको छ । सो क्षेत्रमा प्रहरीको बाक्लो उपस्थिति छ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौँले बुधबार एक सूचना जारी गर्दै जिल्लाका विभिन्न स्थानीय तहका नदी किनाराका बस्ती एवं सरकारी, प्रति, सार्वजनिक वा व्यक्तिको निजी स्वामित्वका जग्गा अतिक्रमण गरी निर्माण गरिएका घर टहरा बिहीबार साँझसम्म खाली गर्न आग्रह गरेको थियो ।

    आजदेखि टेकुको वंशीघाट, शंखमूल, बुद्धनगर, बल्खु, कुलेश्वर, कपन, वसुन्धारा, गोंगबु, बालाजु, माछापोखरीलगायतको ठाउँमा अतिक्रमित जग्गा खाली गर्ने तयारी छ ।

    पहिलो चरणमा सिनामंगलको गैरीगाउँ, शान्तिनगर, मनोहरा र थापाथली क्षेत्रका बस्ती खाली गरिसकिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार