काठमाडौँ । सरकारबाट सिफारिस भई राष्ट्रपतिसमक्ष पुगेका विभिन्न अध्यादेशसम्बन्धी विषयमा राष्ट्रपति रामचन्द्र पौडेलले कानुनविद्हरूसँग परामर्श सुरु गरेका छन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा जारी छलफलमा संवैधानिक तथा कानुनी पक्षबारे राय लिन विभिन्न वरिष्ठ कानुन व्यवसायी तथा विज्ञलाई आमन्त्रण गरिएको बताइएको छ।
परामर्शका लागि शम्भु थापा, टिकाराम भट्टराई, पूर्णमान शाक्य, भीमार्जुन आचार्य, विपिन अधिकारी र शेरबहादुर केसी सहभागी रहेका छन्।
यसअघि राष्ट्रपति पौडेलले सरकारको सिफारिसका आधारमा सहकारीसम्बन्धी अध्यादेश जारी गरिसकेका छन्। अन्य अध्यादेशबारे भने थप संवैधानिक परामर्शपछि निर्णय प्रक्रिया अघि बढाइएको देखिएको छ।
राष्ट्रपतिसमक्ष संवैधानिक परिषद्सम्बन्धी, केही नेपाल ऐन संशोधनसम्बन्धी, स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी, विश्वविद्यालयसम्बन्धी तथा सार्वजनिक पदाधिकारी पदमुक्तिसम्बन्धी अध्यादेशसमेत पुगेका छन्।
राष्ट्रपति कार्यालयले अध्यादेश जारी गर्ने विषयमा संवैधानिक प्रक्रिया, कानुनी औचित्य तथा व्यवस्थापकीय आवश्यकता लगायत पक्षलाई ध्यानमा राखेर निर्णय प्रक्रिया अघि बढाइरहेको जनाइएको छ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend