Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालफेसमा प्रकाशित समाचारप्रति अजय सहनीको आपत्ति


    बिहिबार, बैशाख १७ २०८३
    430
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • उपर्युक्त सम्बन्धमा तपाईं सम्पादक रहेको नेपाल फेस पत्रिका टेलिभिजन र रेडियो र अनलाइन सञ्चार माध्यमबाट मिति २०८३ बैशाख १२ गते ‘सर्लाहीबाट तस्करी भएको ठूलो परिमाणको चिनियाँ सामान भारतमा बरामद, सीमामा प्रहरी सेटिङको आरोप’ शीर्षकमा प्रकाशित प्रसारित सामग्रीउपर मेरो ध्यानाकर्षण भएको छ । उक्त समाचार सामग्रीका सम्बन्धमा मेरो देहाय अनुसार बुँदागत प्रतिक्रिया एवं खण्डन रहेको छ । उक्त खण्डन एवं प्रतिक्रियालाई स्थान दिनुहुन अनुरोध गर्दछु ।

    १. प्रकाशित प्रसारित सामग्रीमा जिल्ला प्रहरी कार्यालय सर्लाहीले ‘क्राइम टोली’ को नाममा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्राविधिकतर्फ काम गर्ने प्रहरी जवान अजय सहनी र प्रहरी हवल्दार धर्मेन्द्र पटेललाई परिचालन गरी तस्करी नेटवर्कसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका स्थानीय स्रोतको आरोप छ । यद्यपि, यी आरोपहरू आधिकारिक रूपमा पुष्टि हुन बाँकी रहेको भएपनि स्थानीय तहमा उठिरहेका गुनासो र भारतमै समातिएको ठूलो परिमाणको सामानले यी आरोपलाई बल पुर्याएको छ भनी उल्लेख भएको रहेछ ।

    उक्त बिषय फरक परेको छ । यथार्थ यो छ कि २०८३ बैशाख १० गते जिल्ला सर्लाही चन्द्रनगर गा.पा. ३ वरकुर्वा स्थितमा बस्ने रामबाबु साहको २ तल्ले पक्की घरमा पर्खाल नाघी पछाडीको ढोकाको चुकुल फुटाई घर भित्र पसी तल्लो तलाको कोठाभित्र रहेको दराज फुटाई दराजभित्र रहेको अन्दाजी ६ तोला सुनको गहनाहरु अन्दाजी १८ लाख रुपैयाँ, ४ तोला चाँदीको गहनाहरु अन्दाजी रु. २०,००० हजार, नगद रु ४,५०,००० रु गरी जम्मा अन्दाजी २२,७०,०००।– बराबरको चोरी भएको हुदाँ जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट म प्राबिधिक प्रहरी जवान अजय सहनीलाई प्राबिधिक विश्वलेषण गर्न हुन खटाई पठाइएको र सोही घटना अनुसन्धान गरी बिहान अन्दाजी १०–११ बजेको समयमा कार्यालय फर्कने क्रममा जिल्ला सर्लाही भेल्ही चौक नजिक प्रहरी टोलीले पत्रकार सरोज यादवको सालो नाता पर्ने लालबन्दीतिर पसल संचालन गरी बस्ने व्यक्तिको सामान खाने तेल करिब दुईरतिन बोरामा समाई राखेको हुदाँ हाम्रो प्रहरीको गाडी त्यही बाटो भई जाने क्रममा प्रहरी टोलीले देखी उक्त समाति राखेको समान रोकी जिल्लामा बुझाउनको लागि लग दिनु भन्दा पछाडि बसेको प्रहरी टोलीले उक्त समान गाडीमा राखिदिएको र पछि पत्रकार सरोज यादवले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी जवान जितेन्द्र यादवसँग मेरो नम्बर मागी भोलिपल्ट मलाई ०९–५६ मिनेटमा फोन गरी म संग करिब ६ मिनेट ३८ सेकेन्ड जति कुरा गरी उक्त समान छोडदिन नत्र तपाईको नाममा ल्भधक हाल्दिन्छु भनी निज पत्रकार सरोज यादवले आफ्नो भाई आरोज यादवलाई फोन गरी यस कार्यालयमा समेत पठाएको र उक्त समान मैले कसरी छुटाउने सरले समातेको छ, हामीलाई त्यसबाट केही सरोकार छैन, उक्त समान मैले समातेको पनि छैन र मलाई प्राबिधिक अनुसन्धान बाहेक अन्य केही जिम्मेवारी छैन भन्दा मैले पत्रकार सरोज यादवलाई फोन गरी भनेको पनि छु ।

    तर पनि निजले के कुन आधारमा मेरो नाम अनावश्यक दुःख हैरानी दिने नियतले बिभिन्न अनलाईन पत्रपत्रिका लेखिहालेको तथा हाल्न लगाएका हुन् । यदि निज पत्रकारज्यूले अनलाईन मिडियाहरुमा लेखिहालेको व्यहोरा म प्राबिधिक प्रहरी जवान अजय सहनीप्रति सत्य प्रमाणित भए म आफ्नो राजीनामा स्वयम् दिएर घर जान्छु । यदि उक्त सम्प्रेषण गलत भएको भए निज पत्रकार सरोज यादबलाई श्री प्रेस काउन्सिल नेपाल, सन्चारग्राम,काठमाण्डौबाटै आवश्यक कारबाहीको माग राखेको छु । यथार्थ यही रहेको छ ।
    ३. आवश्यक परेमा निज पत्रकार सरोज यादवको भाई आरोज यादवबीचको कुराकानी र निज आरोज यादव यस कार्यालयमा आई समान छुटाउनको लागि गरेको पहल समेतको कल वाइज लोकेसनसहितको प्रमाण पेश गर्न सक्नेछु ।

    ४. साथै म प्राबिधिक प्रहरी जवान अजय सहनीको बारेमा मलाई चिनेका सर्लाहीको जुन सुकै व्यक्तिबाट मेरो आचरण तथा मेरो काम कर्तव्य बारेमा बुझ्न सक्नु हुनेछ ।

    अजय सहनी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार