काठमाडौँ। सरकारले काठमाडौँ लगायत देशका विभिन्न स्थानका सुकुम्बासी बस्ती हटाएपछि अखिल नेपाल सुकुम्बासी संघ आन्दोलनमा उत्रिएको छ।
बिहीबार पत्रकार सम्मेलन गरी संघले आन्दोलनको घोषणा गरेको हो। दुई चरणमा आन्दोलनका कार्यक्रम घोषणा गरिएको अध्यक्ष अमर परियारले जानकारी दिए।
पहिलो चरणमा नेताहरूको ध्यानाकर्षण गराउने भएको छ। यस क्रममा प्रतिनिधि र प्रदेश सभाका सांसदलाई जानकारी दिने जनाइएको छ।
त्यसपछि वैशाख २० गतेदेखि दोस्रो चरणको आन्दोलन सुरु गरिने अध्यक्ष परियारले बताए। दोस्रो चरणमा जिल्ला, पालिका र बस्तीमा विरोध सभा र भेला गरिने जनाएको छ। देशभरका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जिल्ला कार्यालयमा अगाडि शान्तिपूर्ण प्रदर्शन गर्ने कार्यक्रम रहेको छ।
त्यसपछि वैशाख ३१ गते मेची–महाकाली राजमार्गमा चक्काजाम गर्ने कार्यक्रम सार्वजनिक गरेको छ। सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाउन बन्द नगरे र विस्तापित सुकुम्बासीको बसोबासको व्यवस्था नगरेमा जेठ ७ गतेदेखि पूर्व–पश्चिम राजमार्गमा चक्काजाम गर्दै अनिश्चितकालीन आमहड्ताल गर्ने संघले जनाएको छ।
काठमाडौं । चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा सुधारका ६ बुँदे माग राख्दै डा.गोविन्द केसीले इलाममा आफ्नो २५औँ सत्याग्रह सुरु गरेका छन् । उनले बिहीबार...
काठमाडौँ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्चको फुलकोर्ट बोलाएका छन् । आज इजलास बस्नु अगाडि शर्माले फुलकोर्ट बोलाएका हुन् । पछिल्लो समय प्रधानन्यायाधीश शर्मा र...
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द...
काठमाडौँ। सशस्त्र प्रहरी बल, नेपालले बिदा तथा अनुमति नलिई कार्यस्थलमा अनुपस्थित रहेका सात जना सशस्त्र प्रहरी कर्मचारीलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको...
काठमाडौँ। सरकारले उपभोक्तालाई सामान तथा सेवा खरिद गर्दा बिल लिन प्रोत्साहित गर्ने उद्देश्यले सञ्चालन गरेको करदाता प्रोत्साहन कार्यक्रमलाई विस्तार गर्ने भएको छ। अब बिल लिने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend