काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गौतम बुद्धका सिद्धान्त र शिक्षालाई व्यवहारमा उतार्न सके मात्रै स्थायी शान्ति तथा समृद्ध समाज निर्माणको आधार तयार हुने बताएका छन्।
ललितपुरमा बिहीबार आयोजित एक बौद्ध सभालाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले अहिंसा, मैत्री, करुणा र प्रज्ञामा आधारित बुद्ध दर्शन वर्तमान विश्वका लागि अझ उपयोगी र सान्दर्भिक बन्दै गएको उल्लेख गरे।
उनले वर्तमान विश्व विभिन्न प्रकारका द्वन्द्व, स्वार्थकेन्द्रित प्रवृत्ति, नैतिक मूल्यको ह्रास, असहिष्णुता तथा मानवीय आदर्शको कमजोर अवस्थाबाट प्रभावित भइरहेको बताए। यस्तो परिस्थितिमा बुद्धका सन्देशले मानव समाजलाई सहअस्तित्व, संयम र शान्तिपूर्ण मार्गतर्फ डोर्याउन सक्ने उनको भनाइ थियो।
राष्ट्रपतिले धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त समाजमा सहिष्णुता र आपसी सद्भाव कायम राख्न बुद्धका शिक्षाले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताए। उनले यस्ता मूल्यमान्यताको पालनाबाट राष्ट्रिय एकता थप सुदृढ हुने धारणा व्यक्त गरे।
नेपालमा जन्मिएका सिद्धार्थ गौतम बुद्धद्वारा प्रतिपादित बौद्ध दर्शन विश्वव्यापी रूपमा फैलिएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले बुद्धले देखाएको सत्य, मध्यम मार्ग तथा आर्य अष्टांगिक मार्गले मानव जीवनलाई दुस्ख मुक्तिको दिशा प्रदान गरेको बताए।
उनले शान्ति, सहकार्य, पारस्परिक विश्वास र स्थायित्वको विश्वव्यापी आधार निर्माणमा बुद्ध दर्शनले उल्लेखनीय योगदान दिन सक्ने विश्वास व्यक्त गर्दै समाजले यी शिक्षालाई व्यवहारिक जीवनमा लागू गर्न आवश्यक रहेको बताए।
काठमाडौं । चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा सुधारका ६ बुँदे माग राख्दै डा.गोविन्द केसीले इलाममा आफ्नो २५औँ सत्याग्रह सुरु गरेका छन् । उनले बिहीबार...
काठमाडौँ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्चको फुलकोर्ट बोलाएका छन् । आज इजलास बस्नु अगाडि शर्माले फुलकोर्ट बोलाएका हुन् । पछिल्लो समय प्रधानन्यायाधीश शर्मा र...
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द...
काठमाडौँ। सशस्त्र प्रहरी बल, नेपालले बिदा तथा अनुमति नलिई कार्यस्थलमा अनुपस्थित रहेका सात जना सशस्त्र प्रहरी कर्मचारीलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको...
काठमाडौँ। सरकारले उपभोक्तालाई सामान तथा सेवा खरिद गर्दा बिल लिन प्रोत्साहित गर्ने उद्देश्यले सञ्चालन गरेको करदाता प्रोत्साहन कार्यक्रमलाई विस्तार गर्ने भएको छ। अब बिल लिने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend