काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गौतम बुद्धका सिद्धान्त र शिक्षालाई व्यवहारमा उतार्न सके मात्रै स्थायी शान्ति तथा समृद्ध समाज निर्माणको आधार तयार हुने बताएका छन्।
ललितपुरमा बिहीबार आयोजित एक बौद्ध सभालाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले अहिंसा, मैत्री, करुणा र प्रज्ञामा आधारित बुद्ध दर्शन वर्तमान विश्वका लागि अझ उपयोगी र सान्दर्भिक बन्दै गएको उल्लेख गरे।
उनले वर्तमान विश्व विभिन्न प्रकारका द्वन्द्व, स्वार्थकेन्द्रित प्रवृत्ति, नैतिक मूल्यको ह्रास, असहिष्णुता तथा मानवीय आदर्शको कमजोर अवस्थाबाट प्रभावित भइरहेको बताए। यस्तो परिस्थितिमा बुद्धका सन्देशले मानव समाजलाई सहअस्तित्व, संयम र शान्तिपूर्ण मार्गतर्फ डोर्याउन सक्ने उनको भनाइ थियो।
राष्ट्रपतिले धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त समाजमा सहिष्णुता र आपसी सद्भाव कायम राख्न बुद्धका शिक्षाले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताए। उनले यस्ता मूल्यमान्यताको पालनाबाट राष्ट्रिय एकता थप सुदृढ हुने धारणा व्यक्त गरे।
नेपालमा जन्मिएका सिद्धार्थ गौतम बुद्धद्वारा प्रतिपादित बौद्ध दर्शन विश्वव्यापी रूपमा फैलिएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले बुद्धले देखाएको सत्य, मध्यम मार्ग तथा आर्य अष्टांगिक मार्गले मानव जीवनलाई दुस्ख मुक्तिको दिशा प्रदान गरेको बताए।
उनले शान्ति, सहकार्य, पारस्परिक विश्वास र स्थायित्वको विश्वव्यापी आधार निर्माणमा बुद्ध दर्शनले उल्लेखनीय योगदान दिन सक्ने विश्वास व्यक्त गर्दै समाजले यी शिक्षालाई व्यवहारिक जीवनमा लागू गर्न आवश्यक रहेको बताए।
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले ठूलो संख्यामा ठूलो संख्यामा नयाँ जनशक्ति भर्ना गर्ने भएको छ । सशस्त्रले प्रहरी जवानसहित विभिन्न पदमा ६ सय...
काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई...
काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका विभिन्न निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत...
काठमाडौं । सुनसरी- ४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका छन्। उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय शितल...
काठमाडौं । स्वास्थ्य मन्त्रालयले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनामा स्पष्टिकरण मागेको छ । स्वास्थ्यमन्त्री निशा मेहताले यस घटनाप्रति...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend