2017-photo(c)narayan maharjan
काठमाडौँ। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्याल, शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी शिक्षाध्यक्ष र रजिस्ट्रार प्रा.डा.केदार रिजालले पदबाट राजीनामा दिने भएका छन्।
सरकारले विश्वविद्यालय तथा राजनीतिक नियुक्तिसम्बन्धी अध्यादेश ल्याएर जारी गर्न राष्ट्रपतिसमक्ष पेस गरेसंगै उनीहरुले पदबाट राजिनामा दिन लागेका हुन्।
यस्तो अवस्थामा सरकारलाई काम गर्न सहज वातावरण होस् भनेर त्रिविका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले राजीनामा दिन लागेका हुन्।
त्रिविका शिक्षाध्यक्ष खड्ग केसीले आज आफूहरूले पदबाट राजीनामा दिने बताए। उनीहरूले कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा दिनेछन्।
अर्याल २०८२ असार २५ गते उपकुलपति नियुक्त भएका थिए। तत्कालीन कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्याललाई उपकुलपति नियुक्त गरेका थिए।
२०८० चैतमा त्रिविमा शिक्षाध्यक्ष केसी र रजिस्ट्रारमा रिजाल नियुक्त भएका थिए। उनीहरूलाई त्यसबेला तत्कालीन कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नियुक्त गरेका थिए।
काठमाडौं । चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा सुधारका ६ बुँदे माग राख्दै डा.गोविन्द केसीले इलाममा आफ्नो २५औँ सत्याग्रह सुरु गरेका छन् । उनले बिहीबार...
काठमाडौँ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्चको फुलकोर्ट बोलाएका छन् । आज इजलास बस्नु अगाडि शर्माले फुलकोर्ट बोलाएका हुन् । पछिल्लो समय प्रधानन्यायाधीश शर्मा र...
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द...
काठमाडौँ। सशस्त्र प्रहरी बल, नेपालले बिदा तथा अनुमति नलिई कार्यस्थलमा अनुपस्थित रहेका सात जना सशस्त्र प्रहरी कर्मचारीलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको...
काठमाडौँ। सरकारले उपभोक्तालाई सामान तथा सेवा खरिद गर्दा बिल लिन प्रोत्साहित गर्ने उद्देश्यले सञ्चालन गरेको करदाता प्रोत्साहन कार्यक्रमलाई विस्तार गर्ने भएको छ। अब बिल लिने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend