Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १ हजार ८ सयले घट्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


    बिहिबार, बैशाख १७ २०८३
    560
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज बिहीबार पनि सुनचाँदीको भाउ घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला १ हजार ८ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९२ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ९४ हजार ५ सयमा कारोबार भएको थियो ।

    त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा १०५ रुपैयाँ घटेसँगै ४ हजार ८१० रुपैयाँमा झरेको छ । अघिल्लो दिन ४ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार