Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकारले कसैलाई पनि घरबारविहीन हुन दिने छैन: रास्वपा


    बुधबार, बैशाख १६ २०८३
    310
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विस्थापित सुकुम्बासीलाई आफ्नो पार्टी नेतृत्वको सरकारले घरबारविहीन हुन नदिने बताएको छ ।

    बुधबार बसेको रास्वपा संसदीय दलको वैठकले जोखिमपूर्ण स्थानमा रहेको सुकुम्बासीलाई पटक–पटक सूचना दिएर सुरक्षित स्थानमा सरल तरिकाले सारिएको बताएको छ ।

    आजको वैठकपछि रास्वपा प्रवक्ता मनिष झाले सरकारले विस्थापित सुकुम्बासीहरुको लगत संकलन र ब्यबस्थापनमा जिम्मेवार भएर काम गरिरहेको बताएका छन् ।

    उनले भने, ‘कतै कुनै थप सजकता आवश्यक छ भने ध्यानाकर्षण गराउन अनुरोध छ ।’ ढलको छेउमा, बाढीको छेउमा बस्न बाध्य नागरिकको सुरक्षित बासस्थानबारे चिन्ता छ र सबैको भविष्यबारे चिन्ता गर्नु यो सरकारको कर्तव्य भएको बताउँदै प्रवक्ता झाले देशैभरी रहेको यस्तो समस्यालाई एक बिशेष आयोग बनाएर शिघ्र काम गरिने जानकारी गराए । उनले यो क्रममा सरकारले कसैलाई घरबारबिहीन नबनाउने दावी समेत गरे ।

    उनले भने, ‘सरकारले घरबारबिहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार