काठमाडौँ। राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलको नेतामा कमला पन्त चयन भएकी छन्।
बुधबार कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले पन्तलाई राष्ट्रिय सभा संसदीय दलको मनोनित गरेका हुन्। यसअघि राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेतामा कृष्ण सिटौला रहेका थिए। आङदेम्बेले सिटौलालाई हटाएर पन्तलाई नेता चयन गरेका हुन्।
कांग्रेसमा संसदीय दलका नेताले राष्ट्रिय सभा संसदीय दलको नेता मनोनित गर्ने व्यवस्था रहेको छ। यसअघि सिटौलालाई तत्कालीन संसदीय दलका नेता शेरबहादुर देउवाले राष्ट्रिय सभामा संसदीय दलको नेता मनोनित गरेका थिए।
त्यस्तै, प्रतिनिधि सभाको उपनेतामा अभिषेक प्रताप शाह चयन भएका छन्। संसदीय दलका नेता आङदेम्बेले शाहलाई उपनेता मनोनित गरेका हुन्।
यसैगरी, आङदेम्बेले प्रतिनिधि सभामा संसदीय दलको मुख्य सचेतकमा बासना थापा र सचेतकमा निश्कल राईलाई मनोनित गरेका छन्।
काठमाडौं। सम्पत्ति शुदीकरणसम्बन्धी मुद्दाको पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्ट्ले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदैछ। न्यायाधीश शारङ्गा सुवेदी र शान्तिसिंह थापाको...
काठमाडौं । चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा सुधारका ६ बुँदे माग राख्दै डा.गोविन्द केसीले इलाममा आफ्नो २५औँ सत्याग्रह सुरु गरेका छन् । उनले बिहीबार...
काठमाडौँ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्चको फुलकोर्ट बोलाएका छन् । आज इजलास बस्नु अगाडि शर्माले फुलकोर्ट बोलाएका हुन् । पछिल्लो समय प्रधानन्यायाधीश शर्मा र...
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द...
काठमाडौँ। सशस्त्र प्रहरी बल, नेपालले बिदा तथा अनुमति नलिई कार्यस्थलमा अनुपस्थित रहेका सात जना सशस्त्र प्रहरी कर्मचारीलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend