Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • १५ किलो गाँजासहित तीनजना पक्राउ


    सोमबार, चैत्र ९ २०७७
    4.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सर्लाहीको लालबन्दी नगरपालिकाबाट १५ किलो लागुऔषध गाँजासहित तीनजना पक्राउ परेका छन् ।

    विशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले सर्लाहीको लालबन्दी नगरपालिकास्थित रानीगन्जबाट ज१ह ४६०९ नं.को अटोमा सवार तीन जनालाई गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    पक्राउ पर्नेमा स्थानीय अटो चालक ४५ वर्षीय पुस्पबहादुर फुयाँल, ४० वर्षीय सुरेन्ऽकुमार बल र वडानम्बर १४ निवासी ४१ वर्षीय पाल्साङ पाखि्रङ छन् ।

    अटोमा राखिएको तीनवटा जेब्रा झोलाभित्र १५ किलो गाँजा बरामद भएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए । उनका अनुसार पक्राउ परेका बलको साथबाट नगद २५ हजारसमेत बरामद भएको छ ।

    अटो, गाँजासहित तीनैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार