Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सिलिण्डर ग्याँस पड्किँदा ६ जना घाइते


    सोमबार, चैत्र ९ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  भक्तपुरको एक म:म पसलमा ग्याँस सलिण्डर पड्किएर आगलागी भएको हाे ।

    आइतबार साँझ भीमेश्वर म:म एण्ड चिकेन हाउसमा आगलागी भएकाे प्रहरीले जनाएको छ ।

    आगलागीमा पसल सञ्चालक दोलखा सैलुङ गाउँपालिका-६ घर भई सूर्यविनायक-४ दधिकोट बस्ने ३९ वर्षीय टीकाराम बस्नेत, उनका नातेदार काठमाण्डौ कोटेश्वर बस्ने ३३ वर्षीय राजेन्द्र कार्की र ३९ वर्षीया गीता कार्कीसहित ६ जना घाइते भएका छन्।

    उनीहरु डा.ईवामुरा अस्पतालमा सामान्य उपचार पश्चात कीर्तिपुर बर्न सेन्टर अस्पतालमा रिफर भैसकेका छन् । घाइते ६ जनाकै शरीरका विभिन्न भाग जलेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार