काठमाडौं । पूर्वशिक्षामन्त्री एवं स्वतन्त्र सांसद महावीर पुनले माध्यमिक विद्यालयमा अनिवार्य कम्प्युटर विषय पढाउने आफ्नो निर्णय कार्यान्वयन नभएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस विषयमा सम्बन्धित निकायका पदाधिकारीहरूलाई शिक्षा समितिमा बोलाएर केरकार गर्नुपर्ने बताएका हुन् ।
आफू मन्त्री हुँदा हरेक माध्यमिक विद्यालयमा १०० पूर्णाङ्कको अनिवार्य कम्प्युटर विषय पढाउने गरी राष्ट्रिय पाठ्यक्रम प्रारूपको ढाँचा तयार गर्न र पाठ्यपुस्तक विकास गर्न दिएको निर्देशन पालना नभएकोमा उनले आक्रोश पोखेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘अब यिनीहरूलाई शिक्षा समितिमा बोलाएर केरकार गरिन्छ- यही शैक्षिक सत्र देखी हरेक माध्यमिक विद्यालयमा १०० पूर्णाङ्कको अनिवार्य कम्प्युटर विषय पढाउने भनेर मैले मन्त्री हुँदा राष्ट्रिय पाठ्यक्रम प्रारूपलाई तत्कालै ढाँचा तयार गर्न, पाठ्यक्रम विकास केन्द्रलाई पाठ्य पुस्तक विकास गर्न, शिक्षा आयोगलाई कम्प्युटर शिक्षकको लाइसेन्सको जाँच लिन र अर्थमन्त्रालय मै गएर अर्थ मन्त्री र सचिव सँगै बसेर शिक्षक दरबन्दीको व्यवस्था गर्न गरेको निर्णय र आदेश पटक्कै पालना गरेनछन् ।’
पुनले आफू मन्त्री पदमा रहँदा ती कामहरू सुरु भइसकेकाले कार्यान्वयन भयो होला भन्ने ठानेको तर अहिले बुझ्दा केही पनि प्रगति नभएको पाएको उल्लेख गरे ।
‘उति बेला काम सुरु गरी सकेका थिए । त्यसैले मैले त काम भयो होला भन्ठानेको थिएँ तर केही भएको रहेनछ,’ उनले भनेका छन् ।
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले ठूलो संख्यामा ठूलो संख्यामा नयाँ जनशक्ति भर्ना गर्ने भएको छ । सशस्त्रले प्रहरी जवानसहित विभिन्न पदमा ६ सय...
काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई...
काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका विभिन्न निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत...
काठमाडौं । सुनसरी- ४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका छन्। उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय शितल...
काठमाडौं । स्वास्थ्य मन्त्रालयले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनामा स्पष्टिकरण मागेको छ । स्वास्थ्यमन्त्री निशा मेहताले यस घटनाप्रति...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend