काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले बागमती प्रदेश सरकारले थालेको प्रशासनिक पुनर्संरचनामा साबिकको ७ मन्त्रालयको मोडलमा अघि बढ्न सुझाव दिएको छ ।
नेकपा बागमती प्रदेशसभा संसदीय दलले प्रदेश सरकारको प्रशासनिक पुनर्संरचना प्रतिवेदनप्रति असहमति जनाउँदै मन्त्रालय सङ्ख्या ७ वटामा सीमित गर्न प्रस्ताव गरेको हो ।
दलका नेता शालिकराम जम्कट्टेलले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई सुझाव पत्र बुझाउँदै प्रशासनिक सुधारलाई प्रभावकारी, मितव्ययी र परिणाममुखी बनाउन आग्रह गरेका हुन् ।
उनले एउटै उद्देश्यका लागि दुई वटा छुट्टाछुट्टै समिति गठन गर्नु आवश्यक नभएको र मन्त्रीको नेतृत्वमा विज्ञसहितको एउटै समिति गठन गरी अध्ययन गर्नु उपयुक्त हुने बताए ।
बागमती प्रदेश सरकारले प्रशासनिक पुनर्संरचनाका लागि प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलको संयोजकत्वमा रहेको उच्चस्तरीय निर्देशक समिति र पूर्वसचिव विमल वाग्लेको नेतृत्वमा विज्ञ समूहको सुझाव समिति गठन गरेको थियो । उक्त समीतीको सुझाव अनुसार प्रदेशमा ८ मन्त्रालय कायम गर्ने गरी सरकार अघि बढेको छ ।
जसमा नेकपाले असहमति जनाएको हो । नेकपाले रणनीतिक महत्वका मन्त्रालयहरू हटाउने र गाभ्ने काम गर्न नहुने जनाएको छ । सोही अनुसार नेकपाले साबिकको ७ मन्त्रालयको मोडलमा अघि बढ्न मुख्यमन्त्री बानियाँलाई आग्रह गरेको हो ।
नेकपाले प्रदेश सरकारको आकार घटाउँदै खर्च नियन्त्रण गर्न प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, कृषि, पशुपन्छी तथा सहकारी मन्त्रालय र उद्योग, संस्कृति, पर्यटन, वन तथा वातावरण मन्त्रालय कायम गर्न प्रस्ताव गरेको छ । उक्त मोडल साबिकको प्रदेश संरचना स्थापनाको बखतमा रहेको थियो ।
प्रदेश स्थापना कालमै रहेको उक्त संरचना वैज्ञानिक, सन्तुलित र व्यवहारिक रहेको भन्दै त्यसलाई निरन्तरता दिनुपर्ने नेकपाको भनाइ छ । मन्त्रालयहरुबीच कार्य दोहोरोपन नहोस् र हस्तक्षेपकारी अवस्था नआओस् भन्ने विषयमा पनि दलले प्रदेश सरकारको ध्यानाकर्षण गराएको नेता जम्कट्टेलले बताए । साथै, प्रदेश प्रहरी समायोजन प्रक्रिया कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालय खारेज गर्नु उपयुक्त नहुने नेता जम्कट्टेलको भनाई छ ।
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले ठूलो संख्यामा ठूलो संख्यामा नयाँ जनशक्ति भर्ना गर्ने भएको छ । सशस्त्रले प्रहरी जवानसहित विभिन्न पदमा ६ सय...
काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई...
काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका विभिन्न निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत...
काठमाडौं । सुनसरी- ४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका छन्। उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय शितल...
काठमाडौं । स्वास्थ्य मन्त्रालयले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनामा स्पष्टिकरण मागेको छ । स्वास्थ्यमन्त्री निशा मेहताले यस घटनाप्रति...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend