Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सेयर बजारमा हरियाली


    आइतबार, चैत्र ८ २०७७
    2.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सेयर बजारमा गजब उछाल देखिएको छ। गत साता नै बुलिस ट्रेन्डमा फर्किएको सेयर बजार साताको पहिलो दिन आइतबार पनि पुरै हरियाली भएको छ। 

     कारोबार सुरु भएदेखि नै निरन्तर उकालो लागेको आइतबार बजार परिसूचक नेप्से ६३.३८ अंकले बढेर  २५३८.४७ विन्दुमा पुगेको छ।  परिसूचक उकालो लागेसँगै कारोबार अंकमा उत्साह बढिरहेको छ। आइतबार करिब छ अर्बको कारोबार भएको छ।

    नेप्सेका सबै परिसूचक हरियो भए पनि लघुबित्त र विमामा विशेष आकर्षण देखिएको छ। आइतबार नेप्सेमा १० कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सेयर मूल्यमा सकारात्मक सर्किट लाग्नेमा स्वरोजगार, मिथिला, सूर्योदय, सामुदायिक र समिट लघुवित्त रहेका छन् । यस्तै, चन्द्रागिरि हिल्स, किसान  लघुवित्त, स्वाभिमान माइक्रोफाइनान्स र युनाटेड इदी मार्दी हाइड्रोपावर रहेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार