Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जातीय विभेद अपराध हो भन्दै काठमाडौंमा प्रदर्शन


    आइतबार, चैत्र ८ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले आइतबार काठमाडौंको बौद्धमा प्रदर्शन गरेको छ ।

    अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसर पारेर जातीय विभेदको जड दण्डहीनता भएकाले दण्डहीनताको अन्त्य र सामाजिक न्यायको प्रत्याभूतिका लागि दबाब स्वरुप प्रदर्शन गरेको शान्ति समाज काठमाडौं शाखाले जनाएको छ ।

    दलित अधिकार मानव अधिकार, सबैका लागि सबै अधिकार, जातीय विभेद अपराध हो, छुवाछुत अन्त्य गरौं, मानव अधिकार रक्षा गरौं लगायतका प्लेकार्डसहित उनीहरुले प्रदर्शन गरेका हुन् ।

    प्रदर्शनमा प्रदेश सभा सांसदद्वय कल्पना नेपाली र छिरिङ दोर्जे लामा, दलित विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजु सुनार, अधिकारकर्मीहरु होमकान्त चौलागाई, उत्तम पुडासैनी, रामकृष्ण बराल लगायत सहभागी थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार