कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट विदेशमा थप एक नेपालीको मृत्यु भएको छ।
साउदी अरबमा कोरोना संक्रमणबाट थप एक जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले जानकारी दिए।
कोरोना संक्रमणका कारण हालसम्म २१ देशमा ३ सय ४२ जना नेपालीको मृत्यु भइसकेको समितिले जनाएको छ।