Nepal Face
  • आइतबार, १० साउन २०८३
  • फागु पर्व आजदेखि विधिवत रुपमा सुरु


    आइतबार, चैत्र ८ २०७७
    1.2K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । सांस्कृतिक एवं परम्परागत फागु पर्व वसन्तपुरमा चिर ठडाएपछि आजदेखि शुरु भएको छ । प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिन शुभ साइत हेरी विधिवत रुपमा मयलको रूखलाई रङ्गीबिरङ्गी ध्वजा पताकाले सजाएर ‘चिर’ उठाएपछि फागु पर्व शुरुवात भएको मानिन्छ ।

    काठमाडौंको बसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ आइतबार बिहान होलीको चीर ठड्याइएपछि देशभर होलीको विधिवत सुरुवात भएको हो।

    बिहान ८ बजेर २६ मिनेटको साइतमा चीर ठड्याइएको छ। फागु पूर्णिमाको दिन मनाइने होली पहाडमा चैत १५ गते र तराई भेगमा चैत १६ गते मनाइँदैछ।

    करिब ३० फिट अग्लो चीरलाई काठमाडौंका धालसिक्व टोलका मानन्धरहरूले ठड्याउने चलन छ।  

    फागुन शुक्ल अष्टमीका दिन शुरु हुने उक्त पर्व फागु पूर्णिमासम्म मनाइन्छ । पूर्णिमाको राति चिर ढालेर त्यसलाई टुँडिखेल पुर्‍याएर दहन गरिन्छ । बसन्तपुरमा विधिवत रुपमा गाडिएको चीर ढालेपछि फागु पर्व सकिएको मान्ने परम्परा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार