राजुप्रसाद चापागाई
गृहमन्त्रीले यो गरेन, त्यो गरेन भनेर राजीनामा मागिएको सुनिएको छ । तर बुझ्नुपर्ने कुरा के हो भने गृहमन्त्री जो भए पनि उनी स्वयं अनुसन्धानकर्ता, अभियोक्ता वा न्यायाधीश हुँदैनन् । अन्य मन्त्रीहरूजस्तै उनी विभागीय मन्त्रीमात्र हुन् र कानुनी शासनमै बाँधिएका हुन्छन् ।
गृहमन्त्रीले आफ्ना विभागीय कामहरू कानुनको मातहतमै रहेर सही नेतृत्व दिनुपर्छ र आफ्नो मातहतका अपराध अनुसन्धानका अंग–प्रत्यंगलाई प्रभावकारी रूपमा सञ्चालनको नीतिगत, संस्थागत र प्रविधिगत वातावरण बनाउनुपर्छ ।
उनले चाह्यो भने कानुन चल्ने, नचाह्यो भने कानुन निस्क्रिय हुने चयनात्मक (Selective)अवस्था भने हुनुुहुँदैन । त्यस्तो भयो भने कानुनी शासन र सुशासनमा सम्झौता भएको छ भन्ने बुझ्नुपर्छ । गृहमन्त्रीकै निर्देशनमा कसैलाई ठाडो कारबाही होस् भन्ने अपेक्षा गर्नु पनि उचित हुँदैन, किनकि यस्तो अभ्यास अन्ततः सुशासन र कानुनी शासनका मान्यताविरुद्ध हुन्छ ।
उचित प्रक्रिया (Due process), जुन मानवअधिकारको अर्को पाटो पनि हो, का आधारमा मात्रै कुनै पनि उल्लंघनकर्ताविरुद्ध कानुनी कारबाही हुनसक्छ र त्यस्तो कारबाही ढिलै भए पनि दिगो र परिणाममुखी हुन्छ । तथापि, २३ गतेका गम्भीर उल्लंघनसम्बन्धी घटनाको छानबिनले किन तिव्रता पाउन सकेको छैन भन्ने प्रश्न उठ्न भने स्वभाविक देखिन्छ । छानबिन सुस्तताको कारण खोजिनुपर्छ र गृहमन्त्रीले त्यसबारे सार्वजनिक रुपमा जनमानसबीचको आशंका हटाउने जिम्मेवारी पनि बहन गर्नुपर्छ ।
भदौ २४ गतेका घटनामा प्रहरी सक्रियता देखिइरहँदा भदौ २३ गतेको घटनामा जाँचबुझ आयोगको काम सन्तोषजनक छ भन्ने आधार अहिलेसम्म स्पष्ट देखिएको छैन । एकजना संकितलाई बोलाएर बयान लिनसमेत नसकेको अवस्था छ । यसले न्यायका सवै आकांक्षीहरुमा असन्तोष र निराशा सिर्जना हुनु स्वाभाविक हो ।
तर गृहमन्त्री परिवर्तनले कुनै समाधान दिन्छ जस्तो लाग्दैन । छानबिनलाई प्रभावकारी बनाउन तत्काल आवश्यक उपायहरू खोजिनु अत्यावश्यक देखिन्छ । (लेखक बरिष्ठ अधिवक्ता हुनुहुन्छ ।)
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
मोहनकुमार घिमिरे संघीय निजामती सेवा ऐन मुलुकको प्रशासन चलाउने एउटा अर्को कानुनमात्र होइन, यो राज्य र निजामती कर्मचारीबीचको सम्बन्ध, जिम्मेवारी, अधिकार, सेवा–सर्त र उत्तरदायित्व निर्धारण...
सम्राट उपाध्याय काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई शनिबार मध्यराति प्रहरीले नियन्त्रणमा लियो । ब्यवहारिक रुपमा जबरालाई पक्राउ गरिए पनि सैद्धान्तिक रुपमा सुरक्षा प्रदान गरेको दाबी...
सुयोग शर्मा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा बिपद ब्यवस्थापन सम्बन्धी बृहत् छलफल संवाद कार्यक्रम मिनी कुम्भमेला आयोजना गरिएको थियो । जसमा पूर्व महानिर्देशक, सचिव, पूर्व...
क्षितिजविक्रम खनाल नेपाली समाजमा हरितालिका तीज केवल एउटा धार्मिक पर्वमात्र होइन, यो नारी जीवनको आध्यात्मिक, सामाजिक र सांस्कृतिक आयामसँग गहिरो रूपमा जोडिएको जीवन्त परम्परा हो...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend