राजुप्रसाद चापागाई
गृहमन्त्रीले यो गरेन, त्यो गरेन भनेर राजीनामा मागिएको सुनिएको छ । तर बुझ्नुपर्ने कुरा के हो भने गृहमन्त्री जो भए पनि उनी स्वयं अनुसन्धानकर्ता, अभियोक्ता वा न्यायाधीश हुँदैनन् । अन्य मन्त्रीहरूजस्तै उनी विभागीय मन्त्रीमात्र हुन् र कानुनी शासनमै बाँधिएका हुन्छन् ।
गृहमन्त्रीले आफ्ना विभागीय कामहरू कानुनको मातहतमै रहेर सही नेतृत्व दिनुपर्छ र आफ्नो मातहतका अपराध अनुसन्धानका अंग–प्रत्यंगलाई प्रभावकारी रूपमा सञ्चालनको नीतिगत, संस्थागत र प्रविधिगत वातावरण बनाउनुपर्छ ।
उनले चाह्यो भने कानुन चल्ने, नचाह्यो भने कानुन निस्क्रिय हुने चयनात्मक (Selective)अवस्था भने हुनुुहुँदैन । त्यस्तो भयो भने कानुनी शासन र सुशासनमा सम्झौता भएको छ भन्ने बुझ्नुपर्छ । गृहमन्त्रीकै निर्देशनमा कसैलाई ठाडो कारबाही होस् भन्ने अपेक्षा गर्नु पनि उचित हुँदैन, किनकि यस्तो अभ्यास अन्ततः सुशासन र कानुनी शासनका मान्यताविरुद्ध हुन्छ ।
उचित प्रक्रिया (Due process), जुन मानवअधिकारको अर्को पाटो पनि हो, का आधारमा मात्रै कुनै पनि उल्लंघनकर्ताविरुद्ध कानुनी कारबाही हुनसक्छ र त्यस्तो कारबाही ढिलै भए पनि दिगो र परिणाममुखी हुन्छ । तथापि, २३ गतेका गम्भीर उल्लंघनसम्बन्धी घटनाको छानबिनले किन तिव्रता पाउन सकेको छैन भन्ने प्रश्न उठ्न भने स्वभाविक देखिन्छ । छानबिन सुस्तताको कारण खोजिनुपर्छ र गृहमन्त्रीले त्यसबारे सार्वजनिक रुपमा जनमानसबीचको आशंका हटाउने जिम्मेवारी पनि बहन गर्नुपर्छ ।
भदौ २४ गतेका घटनामा प्रहरी सक्रियता देखिइरहँदा भदौ २३ गतेको घटनामा जाँचबुझ आयोगको काम सन्तोषजनक छ भन्ने आधार अहिलेसम्म स्पष्ट देखिएको छैन । एकजना संकितलाई बोलाएर बयान लिनसमेत नसकेको अवस्था छ । यसले न्यायका सवै आकांक्षीहरुमा असन्तोष र निराशा सिर्जना हुनु स्वाभाविक हो ।
तर गृहमन्त्री परिवर्तनले कुनै समाधान दिन्छ जस्तो लाग्दैन । छानबिनलाई प्रभावकारी बनाउन तत्काल आवश्यक उपायहरू खोजिनु अत्यावश्यक देखिन्छ । (लेखक बरिष्ठ अधिवक्ता हुनुहुन्छ ।)
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
शसांक रेग्मी बाढीपहिरो पीडितको उद्धार र राहतका लागि नेपाल प्रहरीले आफ्ना कर्मचारीको तलबबाट करिब ४० करोड रुपैयाँ काटेर गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग...
माधव पौडेल काठमाडौं । बाढी आएको आज ७ दिन भइसक्दा पनि बिदुरबाट माथि जान नसकेको सरकारका प्रधानमन्त्री दिनैपिच्छे फेसबुकमा स्टाटस पोष्ट गर्ने र मोनिटाइज्ड पेजबाट...
निशान्त शर्मा वर्तमान सरकारको सबैभन्दा राम्रो काम गर्ने मन्त्री हुनुहुन्छ तपाईं । बधाइ शुभकामना । बाहिर तपाईंहरुले गरेका कामले वाहीवाही पाएर भाइरल हुनुभएको छ तर...
सम्राट उपाध्याय सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहलाई यी काम नलाग्ने सल्लाह चाहिएको छैन, उनी सल्लाह सुन्ने र लिने खालका पनि होइनन् । तर पद सम्हालेको शुरुको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend