Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाल अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा सहभागी बन्दै


    आइतबार, चैत्र ८ २०७७
    620
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • कोरोना महमामारी (कोभिड-१९) शुरु भएयता पहिलो पटक नेपालले अन्तर्राष्ट्रिय मञ्चमा प्रत्यक्ष सहभागी भई पर्यटन प्रवर्द्धन गर्ने भएको छ । नेपाल पर्यटन बोर्डका अनुसार भारतमा आयोजना हुने साउथ एसियाज ट्राभल एण्ड टुरिजम एक्सचेन्ज (साटे)मा नेपालले सहभागिता जनाउने निश्चित भएको हो । 

    मार्च २४ देखि २६ तारिखसम्म भारतको गे्रटर नोयडामा आयोजना हुने उक्त कार्यक्रममा बोर्डको नेतृत्वमा नेपाल वायुसेवा निगमसहित २५ ओटा कम्पनी सहभागी हुने छन् ।

    पर्यटन प्रर्वद्धनका लागि पहिले छिमेकी मुलकका बजारमा जाने रणनीति अनुरुप बोर्डले साटेमा सहभागिता जनाउन लागेको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) डा. धनन्जय रेग्मीले बताए ।

    साटेको प्रभावकारिता हेरेर क्रमशः भारतका अन्य पर्यटन बजारमा पनि पर्यटन प्रर्वद्धनका कार्यक्रमहरुमा सहभागिता जनाउने योजना बोर्डको छ । पछिल्लो पटक सरकारले नेपाल-भारत यातायात सुचारु गर्ने निर्णय गरेकोछ । यसअघि एअरबबल सम्झौता अनुरुप नेपाल-भारत दुवै देशबाट दैनिक दुई वटा हवाई उडान समेत भइरहको छ ।

    पर्यटन बोर्डले भारतीय पर्यटकहरुलाई नेपालमा आर्कषित गर्न सीमा क्षेत्र, हिल स्टेसन तथा अन्य पर्यटकीय स्थलहरुका छुट्टाछुट्टै रणनीतिको आवश्यकता पहिचान गरि सोही अनुरुपको रणनीति समेत बनाएको रेग्मीले बताए । भारत सरकारको पर्यटन मन्त्रालयको सहयोगमा हुने साटेलाई दक्षिण एसियाको महत्वपूर्ण पर्यटन एक्सचेन्ज मेलाका रुपमा लिने गरिन्छ । कोभिडको संक्रमणपछि नेपाल पर्यटन बोर्डले डिजिटल माध्यमबाट विभिन्न अनतरराष्ट्रिय मञ्चहरुमा नेपालको पर्यटन प्रर्वद्धनको काम गरेपनि भौतिक रुपमा सहभागिता जनाउने यो पहिलो कार्यक्रम हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार