Nepal Face
  • आइतबार, १० साउन २०८३
  • खुल्ला क्रिकेट प्रतियोगिता हुदै


    आइतबार, चैत्र ८ २०७७
    2K
    Shares
  • २ मिनेट पाठ
  •  

    फ्लाई  तान्सेन प्राइभेट लीमीटेड,एन.सी.जी.सी( Nepalese Cricket Group of Carolina) र चितवन फरेस्ट रिसोटको संयुक्त आयोजनामा खुल्ला क्रिकेट प्रतियोगिता हुने भएको छ । 

    यहि चैत ११ गते देखि १९ गते सम्म किर्तिपूरको ल्याबरेटरी कलेज प्राङ्गणमा क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको ब्ल्याक बक क्रिकेट क्लाबका अध्यक्ष प्रवेश मल्लले जानकारी दिनु भयो । 

    पहिलो चरणको खेल नक आउट आधारमा खेलाइने छ । उक्त खेलमा काठमाडौं, भक्तपुर , ललितपुर, काभ्रे, बर्दिया,चितवन र अन्य जिल्लाका गरि २४ वटा समुहको सहभागीता रहने अध्यक्ष मल्लले जानकारी दिनु भयो । 

    प्रतियोगिताको विजेता समुहले ५० हजार नगद र उप-विजेता समुहले २५ हजार नगद र ट्रफि मेडल प्राप्त गर्नुका साथै प्रतियोगिताकै उत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान र बलरले ५/५ हजार पाउने छन् । प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ ले १ हजार पाउने छन् ।  

    अमेरिका स्थित एन.सी.जी.सी का संस्थापक सचिन पराजुलीले यस खेलमा सहकार्य गर्न पाउँदा खुसि व्यक्त गर्दै निकट भबिस्यमा पनि क्रिकेट क्षेत्रमा अन्य सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । 

    यस ब्ल्याक बक क्रिकेट क्लबले अन्य सामाजिक कार्य गर्दै आएको र आगामीदिनमा पनि सामाजिक सेवालाई प्राथमिकता दिने अध्यक्ष बताउनु भयो 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार