Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भीम रावलले गर्जिदै भने – ओलीले नेताहरूलाई स्पष्टीकरण सोध्ने भन्ने कुरा अबैध छ


    आइतबार, चैत्र ८ २०७७
    1.5K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता डा. भीम रावलले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले चालेको कदम अबैध भएको टिप्पणी गरेका छन्। 
     
    पछिल्लो केही  समय नेता रावल र प्रधानमन्त्री ओलीबीच चर्काचर्की हुँदै आइरहेको थियो। 
     
    यस्तैमा शनिबार अध्यक्ष ओली नेतृत्वमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले माधव नेपालसहित भीम रावललगायत अन्य थप तीन जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। उक्त ओलीको निर्णयपछि असन्तुष्ट रहेका नेता रावलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘केपी ओलीजीले मसमेतका नेताहरूलाई स्पष्टीकरण सोध्ने भन्ने कुरा अबैध छ।यो उहाँको निरंकुश स्वेच्छाचारी प्रवृत्तिको द्योतक हो।’

     
    नेता रावलले पार्टीको विधान, विधि र पद्धति मिच्दै पार्टी एकताका सामु खतरा उत्पन्न गर्ने पार्टी अध्यक्ष ओलीका स्वेच्छाचारी निर्णय र कामहरू बदर हुनुपर्ने भन्दै पार्टीको एकता र देशभक्तिपूर्ण क्रान्तिकारी चरित्रको रक्षा गर्न कार्यकर्ताहरुसंग आग्रह गरेका समेत छन्। 
     
    Ew7vMU7VEAgHBQ1.jpg
     
     
     
     
     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार