एजेन्सी । इङ्ग्लिश क्लव म्यानचेस्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार राति भएको खेलमा एभर्टनलाई २-० गोल अन्तरले पराजित गर्दै सिटीले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
एभर्टनको मैदानमा सिटीलाई जित दिलाउन इल्के गुन्डोगान र केभिन डी ब्रुएनले समान एक एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको कहलमा दोस्रो हाफको ८४ औं मिनेटमा गुन्डोगानले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको इन्जुरी समयमा ब्रुएनले गोल गर्दै सिटीलाई २-० को जित दिलाए ।