Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रियल म्याड्रिडको सहज जित


    आइतबार, चैत्र ८ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत रियल म्याड्रिडले सहज जित निकालेको छ ।

    शनिबार राति सेल्टाको घरेलु मैदानमा भएको खेलमा रियलले सेल्टा भिगोलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

     रियलको जितमा करिम बेन्जिमाले २ र मार्को एसेन्सियोले एक गोल गरे । सेल्टाका लागि सान्टि मिनाले एक गोल गरे ।

    खेलको २० औं र ३० औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई २-० को अग्रता दिलाए ।

    ४० औं मिनेटमा मिनाले गोल गर्दै सेल्टालाई २-१ को स्थितिमा ल्याए ।

    त्यसपछि खेलको इन्जुरी समयमा एसेन्सियोले गोल गर्दै रियललाई ३-१ को जित दिलाए ।

    जितसँगै रियल लिगको दोस्रो स्थानमा समेत उक्लिएको छ। भने पराजित भएको सेल्टा ३४ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार