Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मनाङमा भएको ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो


    आइतबार, चैत्र ८ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • लमजुङ । मनाङको  खोत्रोमा भएको ट्रक दुर्घटनामा  मृतक संख्या पाँच पुगेको छ ।

    लमजुङको बेंसीसहरबाट मनाङ सदरमुकाम चामेतर्फ जाँदै गरेको ध १ ख ५९२ नम्बरको ट्रक खोत्रोमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा र दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मनाङका प्रहरी नायव उपरीक्षक सुवास खड्काका अनुसार दुर्घटनामा परी नासों गाउँपालिका ४ ओडारका ३५ बर्षीया मनिसा गुरुङ, उनको बहिनी २६ बर्षीया जलकाशी गुरुङ र मनिसाको छोरा अन्दाजी ६-७ बर्षीय लिउन गुरुङको घटनास्थलमै मृत्यु भएको हो ।

    सहचालक मस्र्याङदी गाउँपालिका ५ घेर्मु खोरियाखेतका २१ बर्षीय लक्ष्मण नेपाली र चामे गाउँपालिका ४ ओडारका २८ बर्षीय धनमान विश्वकर्माको उपचारको क्रममा मृत्यु भएको हो । नेपाली र विश्वकर्मालाई उपचारका लागि बेंसीसहरको जिल्ला अस्पताल लमजुङमा ल्याइएको थियो । उपचारको क्रममा चिकित्सकले दुवैलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार शनिबार दिउँसो ३ः२० बजेतिर दुर्घटना भएको हो । सिमेन्ट बोकेर ल्याएको ट्रक उकालो चढ्न लाग्दा अनियन्त्रित भई सडकबाट मस्र्याङदी नदीमा खसेको थियो । सडकबाट करिव ४० मिटर तल मस्र्याङदी नदीमा ट्रक खसेको प्रनाउ खड्काले बताए ।

    दुर्घटनामा परी ट्रकका चालकसहित तीन जना घाइते भएका छन् । चालक तथा सवारी धनी लमजुङ घर भएका तनहुँको भानु नगरपालिका ३ का सुमन तामाङ, नासों गाउँपालिका ४ का अन्दाजी ३ बर्षीय थिउन गुरुङ, सोही वडाका अन्दाजी ६-७ बर्षीय निहल गुरुङ घाइेत भएका छन् । उनीहरुको जिल्ला अस्पताल लमजुङमा प्रारम्भिक उपचारपछि पुरानो मेडिकल कलेज चितवनमा रिफर गरिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार