एजेन्सी । घरेलु टिम भारतले इंग्ल्याण्डविरुद्धको पाँच खेलको टी-ट्वान्टी क्रिकेट सिरिज जितेको छ ।
शनिबार अहमदाबादमा भएको अन्तिम तथा पाँचौं खेलमा इंग्ल्याण्डमाथि ३६ रनको जित निकाल्दै भारतले सिरिज ३(२ ले आफ्नो बनाएको हो ।
भारतले दिएको २ सय २५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको इंग्ल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८८ रन बनाउन सक्यो ।
इंग्ल्याण्डका लागि डाविड मालनले ६८, जोस बटलरले ५२ रन बनाए । यस्तै, बेन स्टोक्सले १४, क्रिस जोर्डनले ११ तथा साम करणले अविजित १४ रन बनाए ।
यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा २ विकेट गुमाएर २ सय २४ रन बनाएको थियो ।
भारतका लागि कप्तान विराट कोहलीले अविजित रहदै ८० र रोहित शर्माले ६४रनको अर्धशतकीय इनिङ्स खेले ।
यसअघि भारतले दोस्रो र चौथो टी ट्वान्टी सिरिज पनि जितेको थियो । पहिलो र तेस्रो खेल भने इंग्ल्याण्डले जितेको थियो ।