Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आजको मौसम पूर्वानुमान


    शनिबार, चैत्र ७ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने जनाएको छ ।

    स्थानीय वायु तथा पश्चिमी वायुको प्रभावका कारण मौसम बदली भएको हो । अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशका थोरै स्थान र प्रदेश २ का एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित वर्षाको सम्भावना छ ।

    यस्तै राति प्रदेश १ को पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

    यसैबिच देशको पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार