काठमाडौं । विद्युतीय बोलपत्र प्रणाली(ईबिडिङ सिष्टम) ह्याक गरी ठेक्काका विवरण हेरफेर गरेको आरोपमा ६ जना निर्माण ब्यवसायीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र साईबर ब्यूरोले नियन्त्रणमा लिएर विद्युतीय कारोबार ऐनमा मुद्दा चलाउनुका साथै संगठित अपराधमा समेत अनुसन्धान गरिरहेको छ ।
सीआईबीले बुधबार प्रेस विज्ञप्ति जारी गरी ईगभर्मेन्ट प्रक्युपमेन्ट सिष्टममा अनधिकृत पहुँच पुरÞ्याई ठेक्काका विवरण हेरफेर गर्ने दिवाकर देउजा, भरत धामी, संजय भट्ट, भाष्कर अर्याल, सागर कटुवाल र जीवनकुमार दासलाई बिभिन्न मितिमा नियन्त्रणमा लिएको जनाएको छ ।
विज्ञप्तिमा उल्लेख छ–‘सार्वजनिक खरिद अनुगमन कार्यालय को ई–जीपी ईगभर्मेन्ट प्रक्युपमेन्ट प्रणालीमा अनाधिकृत पहुँच पुरÞ्याई बिभिन्न ठेक्काहरूका विवरण हेरफेर (ठेक्काहरूको आर्थिक प्रस्ताव खोल्नु भन्दा अगावै आर्थिक प्रस्तावको डकुमेन्ट परिवर्तन) गर्ने कार्य गरेको उजुरीका आधारमा साइबर ब्यूरो भोटाहिटीमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता भइसकेको छ ।
उक्त कसूरमा संलग्न शंकास्पद व्यक्तिहरुलाई सीआईबी तथा साइबर ब्यूरोको संयुक्त टोलीले नियमानुसार पक्राउ गरी हाल परिवर्तन भएको संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसूरमा थप अनुसन्धान कार्य भइरहेको छ ।’
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
सिरहा । सशस्त्र प्रहरी बल, नेपाल नं.७ गण हेडक्वार्टर सिरहाले एसपी सुमनजंग थापाको नेतृत्वमा जिल्लाका विभिन्न सीमा क्षेत्रमा निगरानी तथा गस्तीलाई कडाइ गर्दै १५...
काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका-९ भाबरबाट १६२ किलो ७९४ ग्राम अवैध लागुऔषध गाँजासहित दुई जना चालकलाई पक्राउ गरिएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend