काठमाडौं । विद्युतीय बोलपत्र प्रणाली(ईबिडिङ सिष्टम) ह्याक गरी ठेक्काका विवरण हेरफेर गरेको आरोपमा ६ जना निर्माण ब्यवसायीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र साईबर ब्यूरोले नियन्त्रणमा लिएर विद्युतीय कारोबार ऐनमा मुद्दा चलाउनुका साथै संगठित अपराधमा समेत अनुसन्धान गरिरहेको छ ।
सीआईबीले बुधबार प्रेस विज्ञप्ति जारी गरी ईगभर्मेन्ट प्रक्युपमेन्ट सिष्टममा अनधिकृत पहुँच पुरÞ्याई ठेक्काका विवरण हेरफेर गर्ने दिवाकर देउजा, भरत धामी, संजय भट्ट, भाष्कर अर्याल, सागर कटुवाल र जीवनकुमार दासलाई बिभिन्न मितिमा नियन्त्रणमा लिएको जनाएको छ ।
विज्ञप्तिमा उल्लेख छ–‘सार्वजनिक खरिद अनुगमन कार्यालय को ई–जीपी ईगभर्मेन्ट प्रक्युपमेन्ट प्रणालीमा अनाधिकृत पहुँच पुरÞ्याई बिभिन्न ठेक्काहरूका विवरण हेरफेर (ठेक्काहरूको आर्थिक प्रस्ताव खोल्नु भन्दा अगावै आर्थिक प्रस्तावको डकुमेन्ट परिवर्तन) गर्ने कार्य गरेको उजुरीका आधारमा साइबर ब्यूरो भोटाहिटीमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता भइसकेको छ ।
उक्त कसूरमा संलग्न शंकास्पद व्यक्तिहरुलाई सीआईबी तथा साइबर ब्यूरोको संयुक्त टोलीले नियमानुसार पक्राउ गरी हाल परिवर्तन भएको संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसूरमा थप अनुसन्धान कार्य भइरहेको छ ।’
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
काठमाडौँ । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मलेसिया जाने कामदारको बायोमेट्रिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend