काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय ठेक्का प्रणालीमा अनधिकृत पहुँच पुर्याउने र ह्याकिङ गरी बोलपत्र कब्जा गर्ने ८ व्यवसायीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन प्रा.लि.का किरण मल्ल पनि छन् ।
नेपालका लागि आर्मेनियाका महाबाणिज्यदूतसमेत रहेका मल्लसहितकालाई पनि बिद्युतीय बोलपत्रमा अनधिकृत पहुँच पुर्याई ठेक्का लिएको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
पक्राउ पर्नेमा अन्य निर्माण व्यवसायीहरूमा भक्तबहादुर लामा, विष्णुमान लामा, गंगाबहादुर सिलवाल, ध्रुव खनाल, नारायणप्रसाद सितिखु, स्वदेश पोखरेल र रितुबहादुर कार्की रहेका छन् ।
सोही प्रकरणमा कालिका कन्स्ट्रक्सनका विक्रम पाण्डे र आशिष निर्माण सेवाका ऋषिकेश गौली यसअघि नै प्रक्राउ परेर धरौटीमा रिहा भएका थिए ।
ई–बिडिङ ह्याक प्रकरणमा प्रहरीले दोस्रो तहको अनुसन्धान गरेर त्यसमा संलग्न देखिएका व्यवसायीलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेको निर्माण व्यवसायीलाई लागि जिलला अदालत काठमाडौंले ४ दिन म्यादथप गरेको साईबर ब्यूरोका प्रवक्ता एसपी दिलीपकुमार गिरीले बताए । उनले भने–उहाँहरुलाई शुक्रबार नियन्त्रणमा लिइएको हो । सोमबार (आज) ४ दिनको म्यादथप भएको छ । भोलि फेरि म्यादथपका लागि जिल्ला अदालतमा लाने जानकारी दिए ।
हाई हिमालयन कन्ष्टन्क्सनका संचालक मल्ल हाइड्रोपावर ब्यवसायी हुन् । युनियन, युनाइटेट मेवा, पुवाखेला लगायतका हाइड्रोपावर कम्पनीका उनी अध्यक्ष हु्न् ।
यसअघि ३२ जेठ, २०८०मा भएको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) को अध्यक्ष पदमा दावेदारी पेश गरेका मल्लको उम्मेदवारी प्रक्रिया नपुगेको भन्दै खारेज भएको थियो । संस्थाको स्वीकृत विधानअनुसार उम्मेदवारका लागि अयोग्य रहेको भन्दै निर्वाचन समितिले उनको उम्मेदवारी खारेज गरेपछि गणेश कार्की निर्बिरोध निर्वाचित भएका थिए ।
काठमाडौं । बागमती प्रदेश सरकारले रसुवाको गोसाईकुण्ड गाउँपालिकामा सरुवा गरेका काठमाडौं महानगरपालिकाका आठौं तहका कर्मचारी श्याम न्यौपानेले खटाएको कार्यालयमा जान अटेर गर्दैआएका छन् । न्यौपानेको...
मोहनकुमार घिमिरे संघीय निजामती सेवा ऐन मुलुकको प्रशासन चलाउने एउटा अर्को कानुनमात्र होइन, यो राज्य र निजामती कर्मचारीबीचको सम्बन्ध, जिम्मेवारी, अधिकार, सेवा–सर्त र उत्तरदायित्व निर्धारण...
काठमाडौं । परराष्ट्र मन्त्रालयका कर्मचारीहरुले राजदूत पदमा मात्र होइन, श्रम सहचारीमा समेत आँखा लगाएका थिए । विगतदेखि नै श्रम सहचारीमा सामान्य प्रशासन समूहका कर्मचारीलाई...
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा देवराज रोक्का(कल्याण)लाई नियुक्ति गरेपछि एमालेभित्र चर्को असन्तुष्टि पैदा भएको छ...
काठमाडौं । सरकारले नागरिकहरुलाई निशुल्क रुपमा प्रदान गर्ने ९८ प्रकारका औषधीमध्ये आइरन चक्कीलगायतका कतिपय औषधि स्थानीय निकायले नै खरिद गरी बितरण गर्ने ब्यवस्था छ...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend