Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महिला शिक्षित भए समाज शिक्षित हुन्छ : पूर्वराष्ट्रपति यादव


    शुक्रबार, चैत्र ६ २०७७
    745
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • चितवन । पूर्वराष्ट्रपति डा रामवरण यादवले महिला शिक्षित भए समाज शिक्षित हुने बताउनुभएको छ । आज यहाँ आयोजित मैयादेवी कन्या कलेज भरतपुरको देस्रो कलेजसभा तथा वार्षिकोत्सव कार्यक्रममा उहाँले आजको युग महिलाको भएको भन्दै महिलालाई शिक्षित बनाउन आवश्यक रहेको बताउनुभयो ।

    ग्रामीण क्षेत्रमा रहेका मधेशी, दलित, जनजाति, मुस्लिम समुदायका महिला अझै अशिक्षित हुँदा समाजमा विकास हुन नसकेको भन्दै उहाँले भन्नुभयो, “दलित, मुस्लिम, मधेशी आदिवासी समुदायका बालिका अझै शिक्षाको पहुँचबाट बाहिर रहेका छन् ।

    उनीहरुलाई शिक्षाको पहुँचमा पु¥याउन सके समुन्नत समाजको विकास हुन्छ ।” महिला शिक्षित भएका देश विकसित भएको भन्दै उहाँले शिक्षाले विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ भन्नुभयो । उहाँले भन्नुभयो, “महिलालाई शिक्षित बनाउन सके समाजमा भ्रष्टाचार न्यूनीकरणमा ठूलो योगदान पुग्छ ।” कन्या कलेजले महिलाको शिक्षामा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै यादवले शिक्षा विनाको समाजको अभ्यास गर्न नसकिने टिप्पणी गर्नुभयो ।

    वाग्मती प्रदेशका पूर्वप्रदेश प्रमुख अनुराधा कोइरालाले विद्यालयस्तरमा नै महिला लक्षित शिक्षा दिनु आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “रोजगारीको सिलसिलामा विदेशिने महिला र नेपालमा नै रहेका महिला पनि असुरक्षित रहेका छन् । उनीहरुलाई लक्षित गरी विद्यालयस्तरबाटै शिक्षा दिनुपर्छ ।” समाजमा रहेको विकृति अन्त्यका लागि महिला शिक्षित हुन आवश्यक रहेको उहाँको भनाइ थियो ।

    कार्यक्रममा कलेज परिसरमा संरक्षक मैयादेवी श्रेष्ठको अर्धकदको शालिक र सरस्वतीको मूर्ति अनावरण गरिएको थियो । सभामा कलेजका संस्थापक अध्यक्ष रामकृष्ण घिमिरे, कलेजका अध्यक्ष टङ्कनाथ पौडेल, कलेजका प्रमुख जेवी गुरुङलगायतले बोल्नुभएको थियो । सो अवसरमा कलेजलाई सहयोग गर्ने विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार