Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • ट्रकले ठक्कर दिँदा युवतीको मृत्यु


    शुक्रबार, चैत्र ६ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • भरतपुर । चितवनमा कुखुराको दाना बोक्ने ट्रकले ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ । आज दिउँसो भरतपुर महानगरपालिका–१२ केन्द्रीय बस टर्मिनल नजिकै नारायणगढबाट गोन्द्राङतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३००१क ०१९७ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको ना४८प ८७३१ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो ।

    ठक्करबाट नवलपुर गैँडाकोट नगरपालिका–१ बस्ने २१ वर्षीया रिता शर्मा चालिसे गम्भीर घाइते हुनुभएको थियो । उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर लगिएकोमा उपचारका क्रममा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार