Nepal Face
  • आइतबार, १० साउन २०८३
  • किराँत समुदायको संस्कृतिसँग गाँसिएको खुवालुङ नफुटाऔंः योगेश भट्टराई


    शुक्रबार, चैत्र ६ २०७७
    860
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका युवानेता योगेश भट्टराईले सप्तकोशी नदीमा रहेको खुवालुङ ढुङ्गा हटाउनु नहुने पक्षमा देखिएका छन् । सरकारले सप्तकोसीमा जेटबोट चलाउन नदीबीचमा रहेको ढुंगा (खुवालुङ) फुटाउने घोषणा गरेपछि विवाद चर्किएको छ ।

    यसैक्रममा नेता भट्टराईले पनि खुवालुङ ढुंगा फुटाउनु नहुने पक्षमा लेखेका छन्–सप्तकोशी नदीमा रहेको खुवालुङ ढुङ्गा किराँत समुदायको इतिहास र संस्कृतिसँग अभिन्न रुपमा गासिएको छ । यसलाई थप संरक्षण गरी आन्तरिक पर्यटनको बिकास गरौ । नहटाऊँ, इतिहास र संस्कृतिप्रति सम्मान प्रकट गरौ ।’

    khuwalung.jpg

    सप्तकोशीको बीचमा रहेको खुवालुङ ढुंगा 

    सरकारको जेटबोट चलाउन खुवालुङ हटाउने निर्णयको बिरुद्ध खुवालुङ बचाउ अभियान पनि चलेको छ ।  किरात राई यायोक्खाले किराती आस्थाको केन्द्र खुवालुङ फुटाउन नदिने बताएको छ । अरुण र दुधकोशीको संगमस्थलमा रहेको किराँती समुदायको आस्थाको केन्द्र हो खुवालुङ । जहाँ उक्त ढुंगा हटाएर सरकारले जेटबोठ चलाउने निर्णय गरेको थियो ।

    प्रधानमन्त्री ओलीले २०७७ फागुन ८ गते विराटनगरमा आयोजित पार्टीको कार्यक्रममा सप्तकोसीमा जेटबोट चलाउन नदीको बीचमा रहेको खुवालुङ (ढुंगा) क्रेनको प्रयोग गरेर भए पनि फुटाउने बताएपछि विवाद चर्किएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार