काठमाडौं, १८ बैशाख । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अछाम काठमाडौं सम्पर्क मञ्चले लकडाउनका कारण समस्यामा परेकालाई पहिलो चरणको खाद्यान्न वितरण गरेको छ ।
मञ्चले अछामबाट काठमाडौं आई बसोबास गरेका विद्यार्थी तथा मजदुरहरुलाई खाद्यान्न वितरण गरेको हो । मञ्चका पदाधिकारीहरु खकेन्द्र साउद, खकेन्द्र रावल, दीपेन्द्र खत्री, सिद्वप्रसाद ढुंगाना, जनक रावल, रमेश भण्डारीलगायतको सक्रियतामा राहत संकलन गरिएको हो ।
उनीहरुले उपत्यकाका बालाजु, नेपालटार, इमाडोल, कीर्तिपुर, नयाँ बानेश्वर, मध्य बानेश्वर, हाँडीगाउँमा पुगेर अछामबाट काठमाडौं आई अध्ययन गरिरहेका ७५ जना विद्यार्थी तथा मजदुरहरुलाई चामल, दाल, चिनी, चियापत्ती, नुन सहितका खाद्य सामग्री वितरण गरेका हुन् । उनीहरुले दोस्रो चरणमा पनि राहत वितरण गर्ने बताएका छन् ।