Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कृषि फार्ममा आगलागी हुँदा २० वटा गाई जले, ५० लाखभन्दा बढीको क्षति


    शुक्रबार, चैत्र ६ २०७७
    2.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सप्तरी। सप्तरीको कृष्णाराम बहुउद्देश्यीय कृषि फार्ममा बिहीबार राति आगलागी हुँदा २० वटा गाईको जलेर मृत्यु भएको छ । आगलागीपछि ३० वटा गाई हराएका छन् ।

    राति विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । 

    आगलागीले उक्त फार्ममा पालिएको ६० मध्ये २० वटा गाईको जलेर मृत्यु भएको छ । १० वटा गाई घाइते भएको र ३० वटा हराइरहेको फार्मका संचालकले बताए । 

    आगलागीले फार्मको घरसहित गाईलाई खुवाउने अन्नपातसमेत जल्दा ५० लाखभन्दा बढीको क्षति भएको उनले बताए ।

    आगो निभाउने क्रममा फार्मका अर्का सञ्चालक दिनानाथ साह घाइते भएका छन् । उनको स्थानीयस्तरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

    प्रहरीका अनुसार आगो राति नै नियन्त्रणमा आइसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार