Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले प्रदेश सांसद रेखा शर्मालाई रिहा गर्न आदेश


    आइतबार, चैत्र २२ २०८२
    405
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एमाले) नेतृ एवं लुम्बिनी प्रदेशकी सांसद रेखाकुमारी शर्मालाई काठमाडौं जिल्ला अदालतले रिहा गर्न आदेश दिएको छ ।

    न्यायाधीश जगतबहादुर पौडेलको एकल इजलासले आइतबार उनलाई रिहा गर्न आदेश दिएको हो ।

    महान्यायाधिवक्ताको कार्यालयले २०८२ जेठ १६ गते निर्णय भइसकेको बताउँदै काठमाडौं जिल्ला अदालतले शर्मालाई हिरासतमुक्त गर्न आदेश दिएको हो ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले शर्मालाई गत आइतबार पक्राउ गरेको थियो। एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोपमा उनी पक्राउ परेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार