काठमाडौं । सरकारी विद्युतीय बोलपत्र प्रणाली (ईबिडिङ) नै ह्याक गरेर ठूला ठेक्का लिने गरेको खुलिसकेको छ । बिशेष गरी सडक, खानेपानी, सहरी विकास मन्त्रालयका अरबौंका ठेक्का बिद्युतीय बोलपत्र प्रणाली ह्याक गरी लिनेमा ठूला निर्माण ब्यवसायीहरु नै रहेकाले नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले अनुसन्धान गरिरहेको छ ।
सीआइबीले दुई महिना लामो अनुसन्धानपछि कारबाही प्रक्रिया अघि बढाइसकेको छ । सीआईबीले केही निर्माण ब्यवसायीलाई नियन्त्रणमा समेत लिएर अनुसन्धान अगाडि बढाएको छ । सीआईबीले अनुसन्धान अगाडि बढाएपछि बोलपत्रको सिष्टम ह्याक गरी अरबौंका टेण्डर हत्याउने निर्माण ब्यवसायी अब उम्कन नपाउने भएका छन् । सिष्टम ह्याक गरी ठेक्का लिनेमा आशिष निर्माण सेवाका निर्माण गौली, तुँदीका ऋषि सुवेदी लगायत भूमिगत भइसकेका छन् । उनीहरु पनि सीआईबीको छानबिनमा छन् ।
यसैक्रममा अनुसन्धान गर्दै जाने क्रममा नेपाली सेनाको काठमाडौं–तराई द्रुतमार्ग(फाष्टट्रयाक) निर्माणको बोलपत्र पनि ह्याक गरी ठेक्का लिएको पुष्टि हुने स्रोत बताउँछ । सीआईबीको अनुसन्धानको दायरामा सेनाको बोलपत्र ह्याक गर्ने पनि आउने भएका छन् । द कुमार सिचुवान जेभी लगायतका कम्पनीले यसरी ईबिडिङ सिष्टम ह्याक गरी ठेक्का लिएको आरोप लागेको हो ।
जनवरी १७, २०२२ मा फाष्टट्रयाकको प्याकेज ३ को ठेक्का एक हजार दिनमा सक्नेगरी द कुमार–रोशन सिचुवान जेभीले लिएका थिए । अक्टोबर २६, २०२४ मा सक्नेगरी सेनाको फाष्टट्रयाक आयोजना र द कुमार सिचुवान जेभी लगायतका कम्पनीबीच सम्झौता भएको थियो ।
ह्याकरको सहयोगमा सरकारी इबिडिङ सिष्टममा पहुँच पुर्याई प्रतिस्पर्धीको आर्थिक प्रस्ताव हेर्ने र त्यही अनुसार आफ्नो प्रस्ताव बनाएर पेश गरी ठेक्का लिने गरेको बिषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।
सीआईबीले पछिल्ला सबै ठेक्कामा बोलपत्र सिष्टम ह्याक गरी ठेक्का लिएकोबारेमा अनुसन्धान गर्ने क्रममा द कुमार सिचुवान जेभी लगायतका कम्पनी पनि अनुसन्धानमा तानिने भएका छन् ।
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
काठमाडौं । दुई महिनाअघि मधेश प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख (डीआईजी) गोविन्द थपलिया र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख र जुनियर अधिकृतबीचको विवाद सार्वजनिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend