Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • २ किलो गाँजासहित १९ वर्षीय युवक पक्राउ


    शुक्रबार, चैत्र ६ २०७७
    840
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  सर्लाहीमा प्रहरीले गरेको चेकजाँचका क्रममा बसमा सवार एक युवक लागु औषध गाँजासहित पक्राउ परेका छन् ।

    सिन्धुलीको बरुणबाट लालबन्दीतर्फ आउँदै गरेको यात्रुबाहक बसलाई लालबन्दी नगरपालिका-७ मा चेकजाँच गर्दा बसमा सवार १९ वर्षीय सुवास मोक्तान २ किलो २०० ग्राम गाँजासहित पक्राउ परेका हुन् ।

    लालबन्दी नगरपालिका १४ डाइनी खोला घर बताउने मोक्तान झोलामा गाँजा राखेका थिए । उनलाई नियन्त्रणमा लिई अन्य अनुसन्धान सुरु गरिएको सर्लाही प्रहरीका प्रवक्ता मदन कुँवरले जानकारी दिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार