Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एन्फाले लिलामीका लागि १५८ खेलाडीको सूची सार्वजनिक गर्यो (सूचीसहित)


    शुक्रबार, चैत्र ६ २०७७
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। अखिल नेपाल फुटबल संघ(एन्फा)ले नेपाल सुपर लिग फुटबल प्रतियोगितामा छनोटका लागि खेलाडीको सूची सार्वजनिक गरेको छ । सुपर लिग फुटबलका लागि खेलाडीको लिलामी चैत्त ६ गते हुनेछ ।

    एन्फाका महासचिब इन्द्रमान तुलाधरले सार्बजनिक गरिएको सूचीमा अटाएका खेलाडीले प्रतियोगितामा सहभागी हुन असमर्थ भएको अवस्थामा अग्रिम जानकारी गराउन आग्रह गर्नुभएको छ । एन्फाले तीन वटा श्रेणी बनाएर खेलाडीको सूची सार्वजनिक गरेको छ । जस अनुसार श्रेणी ए मा ३५ जना खेलाडी अटाएका छन् । जसमा अधिकांश राष्ट्रिय टोलीको प्रतिनिधित्व गरी फुटबल खेल्नुभएका खेलाडी हुनुहुन्छ ।

    श्रेणी बी मा ६४ जना खेलाडी अटाएका छन् । त्यसैगरी, श्रेणी सी मा ५८ जना खेलाडी छन् ।

    नेपालमा पहिलोपटक फुटबलको फ्रेञ्चाइज लिग नेपाल सुपर लिग हुन थालेको छ । सुपर लिग फुटबल प्रतियोगिता वैशाख ११ गतेबाट सुरु हुनेछ ।

     

    (गोरखापत्र दैनिकबाट)

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार