Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • एमाले संसदीय दलको बैठक जारी, नेतृत्व चयन गर्ने तयारी


    बुधबार, चैत्र १८ २०८२
    320
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमालेको संसदीय दलको बैठक च्यासलमा बसिरहेको छ। भोलिदेखि सुरु हुन लागेको संघीय संसद् अधिवेशनको तयारीका सन्दर्भमा बैठक आह्वान गरिएको जनाइएको छ।

    बैठकमार्फत संसदीय दलको नेता, प्रमुख सचेतक तथा सचेतक चयनसम्बन्धी निर्णय गर्ने कार्यसूची रहेको बताइएको छ। दलको नेताका रूपमा रामबहादुर थापा को नाम चर्चामा रहेको छ भने सुहाङ नेम्वाङ लगायत अन्य सदस्यहरूले पनि दाबी प्रस्तुत गर्ने संकेत गरेका छन्। दलभित्र तथा बाह्य वृत्तमा समेत वैकल्पिक नेतृत्वका विषयमा चर्चा भइरहेको देखिन्छ।

    हाल एमालेका तर्फबाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीबाट ९ र समानुपातिकतर्फ १६ गरी कुल २५ सांसद रहेका छन्। बैठकमा महासचिव शंकर पोखरेल ले सांसदहरूलाई पार्टीको नीति, प्राथमिकता तथा संसदीय कार्यमा निर्वाह गर्नुपर्ने भूमिकाबारे जानकारी गराउने कार्यक्रम रहेको छ।

    बैठकमा उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ लगायत पदाधिकारीहरूको उपस्थिति रहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार