Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मालीगाउँ प्रहरी वृत्तका सई २० हजार घुससहित अख्तियारको नियन्त्रणमा


    मंगलबार, चैत्र १७ २०८२
    325
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरी बृत्त मालीगाउँ काठमाडौंमा कार्यरत प्रहरी नायव निरीक्षक(सई) दिनेश राउतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ५० हजार घुस रकमसहित नियन्त्रणमा लिएको छ ।

    बैंकिङ कसुर सम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाइदिन सहजीकरण गरिदिएवापत र उक्त मुद्दा मिलापत्र गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरी दुुः ख हैरानी दिएको उजुरीका आधारमा अख्तियारबाट खटिएको टोलीले असई राउतलाई २० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकम र मोबाइल थान १ सहित  नियन्त्रणमा लिएको हो ।  राउतलाई काठमाडौं महानगरपालिका वडा नं. ५ स्थित गहनापोखरीबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार