Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • ओली पक्राउको बिरोधमा देशव्यापी प्रदर्शन गर्ने एमालेको घोषणा


    मंगलबार, चैत्र १७ २०८२
    405
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा देशव्यापी प्रदर्शन गर्ने घोषणा गरेको छ ।

    मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले चैत २४ गतेदेखि पार्टीका विभिन्न कमिटीमार्फत देशव्यापी प्रदर्शन योजना गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

    उनका अनुसार, चैत २४ गते सबै जिल्ला कमिटी वृहत कार्यकर्ता भेला आयोजना गर्ने निर्णय भएको छ ।

    त्यसपछि पालिका, वडा, प्रदेश हुँदै राजधानी केन्द्रित प्रदर्शनका कार्यक्रम गर्ने निर्णय भएको महासचिव पोखरेलले बताए ।

    उनका अनुसार वैशाख १२ गते राजधानी काठमाडौंमा विरोध प्रदर्शन एवं सभा आयोजना हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार