Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कालोबजारी आरोप लागेका अग्रवाललाई २५ लाख धरौटीमा थुनामुक्त गर्न आदेश


    बिहिबार, बैशाख १८ २०७७
    490
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, १८ बैशाख  ।  कालोबजारीको आरोप लागेका ब्यापारी  सुलभ अग्रवाललाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । 

     बिहीबार काठमाडौं  जिल्ला अदालतमा भएको थुनछेक बहसपछि न्यायाधिश ब्रजेशकुमार प्याकुरेलको इजलाशले उनलाई २५ लाख ५० हजार रुपैयाँ धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएको हो । 

    जिल्ला सरकारी वकील कार्यालय काठमाडौंले मंगलबार सुलभलाई कालोबजारी तथा केही सार्वजनिक अपराध ऐन–०३२ को दफा २(क), ३(१) तथा (५) मा उल्लेखित कसुरमा मुद्दा दर्ता गरेको थियो । 

    शंकर ग्रुपका मालिक सुलभ कीर्गिस्तानका अवैतानिक दूत समेत थिए । 

    सार्वजनिक पद दुरुपयोगसहित तीनवटा कसुरमा उनलाई एक वर्षभन्दा बढी सजायको मागदावी लिएर अदालमा मुद्धा दायर गरिएको जिल्ला सरकारी वकील कार्यालय काठमाडौंका प्रमुख हरिप्रसाद रेग्मीले बताए । 

    फागुन २५ मा पक्राउ परेका सुलभलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशले हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरेको थियो । 

    तर, एक वर्षभन्दा बढी कैद सजाय हुने कसुरको मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्न नमिल्ने संवैधानिक व्यवस्थाअनुसार सुलभको मुद्दा अदालतमा दर्ता गरिएको थियो । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार