Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेसको संस्थापनइतर समूहको बैठक बस्दै


    मंगलबार, चैत्र १७ २०८२
    270
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आज (मंगलबार) देखि सुरू हुने बैठकका एजेन्डाहरू तय गरेको छ ।

    १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको हैसियतमा बोलाइएको बैठकका लागि इतर समूहले तीन वटा एजेन्डा तय गरेको हो ।

    धुम्बाराहीको होटल स्मार्टमा बिहान ११ बजेका लागि बोलाइएको दुई दिने बैठकमा मुख्य तीन एजेन्डाहरूमा छलफल हुने तयारी गरिएको निवर्तमान केन्द्रीय सदस्य गुरु बरालले जानकारी दिए ।

    बरालका अनुसार बैठकका लागि २१ फागुनमा सम्पन्न निर्वाचन र पार्टीले प्राप्त गरेको परिणाम, १५ औं महाधिवेशन कार्यतालिका तथा महाधिवेशनको तयारी र सम्भावनाबारे छलफल हुने छ ।

    विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुनुअघि तत्कालीन संस्थापन समूहले आगामी बैशाखको अन्तिमतिर १५ औं महाधिवेशनको कार्यतालिका पारित गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार