काठमाडौं । बालिकामाथि श्रमशोषणको आरोपमा पक्राउ परेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अदालतले आदेश दिएको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश नवराज दुलालको इजलासले उनलाई तीन दिन म्याद थप गरी अनुसन्धान अघि बढाउन आदेश दिएको हो ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले गएराति धुम्बाराहीबाट पक्राउ गरेको थियो । आजै उनलाई सरकारी वकिलको कार्यालयबाट जिल्ला अदालत काठमाडौं लगिएको हो ।
काठमाडौं महानगरपालिकाले शर्माको घरबाट २०८१ जेठ १४ गते एक बालिकालाई उद्धार गरेको थियो ।
नाबालिकालाई घरेलु कामदार बनाएर हिंसा गरेको आरोप लागेपछि महानगरले ती बालिकाको उद्धार गरेको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता भएको थियो । जाहेरी दिएको दुई महिना बित्दा पनि सांसद शर्मालाई प्रहरीले पक्राउ नगरेको भन्दै आलोचना भएको थियो ।
शर्माविरूद्ध २०८१ गत माघको अन्तिम साता महान्यायाधिवक्ता कार्यालयबाट मुद्दा नचल्ने निर्णय भएको थियो ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ । पार्टीले उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा...
काठमाडौं । आइतबार एकैदिन सुनको मूल्य तोलामा ८ हजार ३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २...
काठमाडौं। नेपाल मौसम विज्ञान विभागले बङ्गालको खाडीमा विकसित हुँदै गरेको नयाँ चक्रवातले नेपालमा प्रभाव नपार्ने बताएका छन्। आइतबार एक सूचना जारी गर्दै विभागको मौसम...
काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आइतबारदेखि टोल शुल्क तिर्नुपर्ने भएको छ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले गत कात्तिक १२ गते सार्वजनिक सूचना जारी...
काठमाडौँ। आजदेखि नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट सडक उपभोग दस्तुर (टोल शुल्क)उठाइने भएको छ । नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend