Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ज्यान मार्ने धम्की दिएको भन्दै हर्क साम्पाङले दिए साइबर ब्युरोमा उजुरी


    सोमबार, चैत्र १६ २०८२
    305
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूविरूद्ध ज्यान मार्ने धम्की दिएको भन्दै साइबर ब्युरोमा उजुरी दिएका छन्।

    सोमबार साम्पाङले सुनिता खड्का नाम गरेकी एक महिलाविरूद्ध उजुरी दिएका हुन्। खड्का रास्वपा समर्थक रहेको उनले उजुरीमा उल्लेख गरेका छन्।

    सुनिता खड्का नाम गरेको व्यक्तिले टिकटकमा ज्यान मार्ने र घर जलाउने सम्मको धम्की आमसंचारमा दिँदै अत्यन्तै पाशविक शैलीमा गालीगलौज गरेको उनले उजुरीमा उल्लेख गरेका छन्

    साम्पाङले ती महिलाको टिकटक आइडी समेत समावेश गरेका छन्। ब्युरोका एसपी दिलिप गिरीले पनि साम्पाङको तर्फबाट उजुरी आएको पुष्टि गरे।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार