काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदलाई मन्त्रालयमा खटाउने भएको छ । रास्वपाले विषय विज्ञ सांसदलाई सम्बन्धित मन्त्रालयमा खटाउन लागेको हो ।
सांसद भनेको भविष्यको सम्भावित मन्त्रीसमेत रहेकाले क्षमता अभिवृद्धिका लागि पनि सहयोग पुग्ने भएकाले मन्त्रालयमा सांसदलाई खटाउन लागेको रास्वपाका प्रवक्ता मनिष झाले बताएका छन् ।
कतिपय सांसदले अहिले पनि आफ्नो विज्ञता भएको मन्त्रालयमा गएर मन्त्रीको कामलाई सहजीकरण र सहयोग गरिरहेका छन् । जनभावना अनुसार छिटो छरितो काम गर्नका लागि सांसदले मन्त्रीलाई सहयोग गर्न यो अवधारण अघि सारेको रास्वपाको भनाइ छ ।
प्रवक्ता झाका अनुसार, सांसदका साथै पार्टीको केन्द्रीय विभागका सदस्यहरूलाई पनि खटाउने भएका छ । २१ फागुनमा भएको चुनावमा रास्वपाले झण्डै दुई तिहाइ नजिकको मत ल्याएर सरकार बनाएको हो । गत १३ चैतमा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार बनेको थियो ।
प्रधानमन्त्री शाहले पनि सबै दलका सांसदहरूलाई सिंहदरबार बोलाएर छलफल थालेका छन् । हिजो मन्त्रीहरूसँग छलफल गरेका प्रधानमन्त्री शाहले आज प्रदेशगत रूपमा सांसदहरूसँग छुट्टाछुट्टै छलफल अघि बढाएका हुन् ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ । पार्टीले उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा...
काठमाडौं । आइतबार एकैदिन सुनको मूल्य तोलामा ८ हजार ३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २...
काठमाडौं। नेपाल मौसम विज्ञान विभागले बङ्गालको खाडीमा विकसित हुँदै गरेको नयाँ चक्रवातले नेपालमा प्रभाव नपार्ने बताएका छन्। आइतबार एक सूचना जारी गर्दै विभागको मौसम...
काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आइतबारदेखि टोल शुल्क तिर्नुपर्ने भएको छ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले गत कात्तिक १२ गते सार्वजनिक सूचना जारी...
काठमाडौँ। आजदेखि नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट सडक उपभोग दस्तुर (टोल शुल्क)उठाइने भएको छ । नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend