Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • प्रधानमन्त्रीले लिए कोशीका सांसदहरूसँग क्षेत्रगत समस्याको ब्रिफिङ


    सोमबार, चैत्र १६ २०८२
    295
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले कोशी प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् ।

    आज (सोमबार) उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने सबै सांसदहरूलाई बोलाएर त्यहाँका समस्या र समाधानका उपायहरूबारे छलफल गरेका हुन् ।

    छलफलमा सहभागी भएका रास्वपा सांसद यज्ञमणी न्यौपानेका अनुसार, सबै सांसदहरूले आ–आफ्नो क्षेत्र र जिल्लाका समस्याबारे प्रधानमन्त्री शाहसमक्ष ब्रिफिङ गरेका छन् ।

    साथै, प्रधानमन्त्री शाहले प्राथमिकताका आधारमा समस्याहरू समाधान गर्दै अघि बढ्ने पनि बताए ।

    ‘प्राथमिकताका आधारमा, बजेटको आधारमा प्राथमिकता निर्धारण गरेर छिटोभन्दा छिटो समाधान गर्ने विषयमा उहाँको कुरा रह्यो,’ सांसद न्यौपानेले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार