Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तान्जनियाका राष्ट्रपतिको कोरोनाको सङ्क्रमणबाट निधन भएको दाबी


    बिहिबार, चैत्र ५ २०७७
    820
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • एजेन्सी। तान्जनियाका राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा निधन भएको त्यहाँका उपराष्ट्रपतिले घोषणा गरेका छन् ।

    राजधानी दारेसलाममा मुटुको समस्याबारे उपचारका क्रममा मगुफुलीको बुधवार मृत्यु भएको उपराष्ट्रपति समिआ सुल्हु हसनले एक टेलिभिजनमार्फत् घोषणा गरेका हुन् ।

    मगुफुली दुई साताभन्दा बढी समयदेखि सार्वजनिक रूपमा देखा परेका थिएनन् र उनको स्वास्थ्यबारे विभिन्न हल्ला चलेका थिए ।

    विपक्षी नेताहरूले उनलाई कोरोना भाइरसको सङ्क्रमण भएको दाबी गरे पनि त्यसको पुष्टि हुन सकेको छैन ।

    गतसाता देशका प्रधानमन्त्रीले मगुफुली स्वस्थ्य रहेको र राम्ररी काम गरिरहेको बताएका थिए ।

    विवादित परिचय

    तान्जनियामा मगुफुलीको एकजना विवादित नेताको पहिचान थियो।

    भ्रष्टाचारसँग जुझ्ने र उच्च सरकारी खर्च घटाउने कामका लागि उनको प्रशंसा हुनेगर्छ।

    उनले खानीमा काम गर्ने विदेशी कम्पनीलाई बढी कर तिर्न लगाएका थिए।

    तर विपक्षी नेता र सञ्चारमाध्यमहरूप्रति कडा व्यवहार गर्दै बढ्दो रूपमा निरङ्कुश चरित्र देखाएको भन्दै उनको आलोचना हुने गर्दथ्यो।

    _117614533_4df36db8-8ea9-473d-b1b2-77ca01aae6eb.jpg

                (मगुफुली सन् २०१५ मा पहिलोपटक राष्ट्रपति निर्वाचित भएका थिए)

    उनी सन् २०१५ को अक्टोबरमा आफ्नो ५६औँ जन्मदिनमा देशको राष्ट्रपति घोषित भएका थिए।

    गत वर्षको एउटा विवादित चुनावपछि उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए।

    तान्जनियाको संविधान अनुसार राष्ट्रपतिको पाँचवर्षे कार्यकालमध्ये अब उनको बाँकी समय देशका उपराष्ट्रपतिले निर्वाह गर्नेछन्।

    कोभिड महामारीमा उनले के गरे ?

    गत जुन महिनामा मगुफुलीले तान्जनियालाई ‘कोभिड-१९ मुक्त’ घोषणा गरेका थिए ।

    उनले मास्कको प्रभावकारिताका बिषयमा हलुका अभिव्यक्ति दिनुका साथै कोरोनाभाइरसको परीक्षणबारे शङ्का व्यक्त गरेका थिए ।

    उनले महामारीसँग जुझ्न छिमेकी देशहरूले चालेका स्वास्थ्यका उपायको खिल्ली उडाएका थिए ।

    मे महिनायता तान्जनियाले कोरोनाभाइरसका विवरण प्रकाशित गरेको छैन ।

    उक्त देशले खोप खरिद गर्न समेत अस्वीकार गर्दै आएको छ।

    संवाददाताहरू भन्छन्- उनको साखलाई जोडेर अब देशको नेतृत्व गर्नेले मगुफुलीकै शैली अपनाउँछ वा त्यसलाई परिवर्तन गर्नेछ भन्ने त्यहाँ निकै बहसको बिषय बन्नेछ। स्रोत :बिबिसी 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार