Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल टी-ट्वान्टी वरीयताको १५ औं स्थानमा यथावत्


    बिहिबार, चैत्र ५ २०७७
    1.2K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-ट्वान्टी क्रिकेट वरीयतामा नेपाल यथावत रहन सफल भएको छ ।

    बुधबार आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत रहेको हो ।

    नयाँ वरियतामा नेपाल १५ औं स्थानमा रहेको छ । यसअघि पनि नेपाल १५ औं स्थानमै रहेको थियो ।

    नेपालको टी-ट्वान्टीमा ११ औं स्थान सर्वाधिक उच्च वरीयता हो ।

    टी-ट्वान्टी वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड रहेको छ ।

    यस्तै, भारत दोस्रो, अष्ट्रेलिया तेस्रो, पाकिस्तान चौंथो र न्युजिल्याण्ड पाँचौ, साउथ अफ्रिका छैटौं, बंगलादेश सातौं, वेस्ट इण्डिज आठौँ, अफगानिस्तान नवौं र श्रीलंका दशौँ स्थानमा रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार