काठमाडौं । जारी सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदैछन् ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा खालीबारी युथ क्लब र समाज कल्याण खेलकुद केन्द्रबीच प्रतिस्पर्धा हुनेछ।
समूह ‘ए’ मा रहेका खालीबारी र समाजबीचको खेल अपरान्ह १२:३० बजे सुरु हुनेछ ।
यस्तै, दोस्रो खेलमा ओसिस क्लब र स्वयम्भु क्लबबीच खेल हुनेछ ।
ओसिस र स्वयम्भुबीचको खेल दिउँसो ३:३० बजे सुरु हुनेछ ।