Nepal Face
  • आइतबार, १० साउन २०८३
  • श्रीलङ्कामा आठ लाखले लगाए कोरोनाको खोप


    बिहिबार, चैत्र ५ २०७७
    765
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी। श्रीलङ्कामा अहिलेसम्म कोरोना भाइरसविरुद्धको खोप आठ लाखभन्दा बढीले लगाएका छन् ।

    स्वास्थ्य अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार फेब्रुअरीको प्रारम्भदेखि अस्ट्राजेनिका खोप लगाउन थालिएको हो । 

    खोप अभियान सुरु गर्दा सबैभन्दा पहिला अग्रपङ्क्तिमा रहेर काम गरेकाहरुलाई खोप लगाउने व्यवस्था गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    अघिल्लो हप्ताको अन्त्यतिरदेखि ६० वर्षभन्दा बढी उमेरका वृद्धवृद्धालाई खोप लगाउने व्यवस्था गरिएको छ । खोप लगाउने वृद्धवृद्धाको दैनिक सङ्ख्या वृद्धि हुँदै आएको पनि स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

    कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये श्रीलङ्कामा अहिलेसम्म ५३४ जनाको मृत्यु भएको मन्त्रालयलको तथ्याङ्क छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार